काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीको पदबहाली आज

2.29K
shares
khanepani bord

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दै छन् ।

गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् ।

महासंघको अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलगायतले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।

khanepani