काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा

4.62K
shares
khanepani bord

काठमाडौं ।हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।

यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता सहर छ । चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तानको बैंकक रहेको छ ।

हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

khanepani