काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

पूर्वअध्यक्ष, अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित ४ जनाले दिए महासंघकाे कोषध्यक्षमा उम्मेदवारी

2.68K
shares
khanepani bord

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषध्यक्षमा ४ जनाको प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अज्नज श्रेष्ठ, पूर्व अध्यक्ष चण्डीराज ढकाल र रामचन्द्र संघाईको तर्फबाट फरक फरक उम्मेदवार बनेका छन् । संघाई वरिष्ठ उपाध्यक्षमा पराजय भएका थिए ।

पूर्व अध्यक्ष चण्डी ढकालका तर्फबाट गोपाल खनाल, अध्यक्ष चन्द्रप्रसाद ढकालको तर्फबाट निरक केसी र वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठको तर्फबाट प्रबलजंग पाण्डे उम्मेदवारी दिएका छन् । रामचन्द्र संघईका तर्फबाट सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका छन् ।

महासंघमा कोषअध्यक्षको लागि सहमतीका प्रयास भइरहेको छ । वरिष्ठ उपध्यक्षमा पनि महासंघमा सहमती नै भएको थियो । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई चुनावी प्रतिस्पर्धामा थिए । पहिलो चरणको चुनावबाट संघाई आउट भएपछि दोस्रो चरणको चुनाव भएन । उमेशलाल श्रेष्ठले अन्जन श्रेष्ठलाई समर्थन गरेका थिए ।

khanepani