काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

राजस्वसम्बन्धी सर्भरमा समस्या हुँदा हजारौं सेवाग्राहीलाई समस्या

3.52K
shares
khanepani bord

काठमाडौं । राजस्वसम्बन्धी केही पोर्टलमा समस्या आउँदा सेवाग्राहीलाई समस्या भएको छ ।

महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता शम्भुप्रसाद मरासिनीले महालेखा नियन्त्रण कार्यालयको राजस्व व्यवस्थापन सूचना प्रणाली, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, राजस्व भुक्तानी पोर्टल, वित्तीय व्यवस्थापन सूचना प्रणाली, एकल खाता कोष प्रणाली, कम्प्युटरकृत सरकारी लेखा प्रणाली र सार्वजनिक सम्पत्ति व्यवस्थापन लगायतका प्रणालीमा समस्या देखिएको बताए ।

महालेखाले एक सार्वजनिक सूचना जारी गर्दै यी प्रणालीहरू सञ्चालन हुन नसक्दा असुविधा हुन पुगेको भन्दै माफी मागेको छ । प्रवक्ता मरासिनीले १ बजेसम्म समस्या देखिएको बताए ।

उनले भने, ‘अहिले धेरै सिस्टमहरू रिकभर भइसकेको छ । अब केही बेरमा पूरै रिकभर हुनेछ । ह्याक भएको हैन । सिस्टममा समस्या आएको हो ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजस्वसम्बन्धी सर्भर डाउन भएकाले ट्राफिक जरिवाना भुक्तानी हुन नसकेको भन्दै सूचनामार्फत जानकारी गराएको छ ।

khanepani