काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीन वटा जहाज किन्दै नेपाल एयरलाइन्स

2.74K
shares
khanepani bord

काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको छ । उनका अनुसार निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने भएको छ ।

जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ ।

निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ । निगमले नयाँ जहाज खरिद गरी दुर्भग भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने बताएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भने चार वटा जहाज छन् ।

IME
khanepani