निर्माणाधीन काठमाडौं-निजगढ फास्ट ट्रयाक अवलोकनमा प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० वैशाख ५ मंगलवार १२:११
shares

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन काठमाडौं- निजगढ फास्ट ट्रयाकको अवलोकन गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकनका लागि पुगेको उनको सचिवालयले जानकारी दिएको छ।
अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाक बनाइरहेको नेपाली सेनासँग निर्माण प्रगतिबारे जानकारी लिएका थिए।
आयोजनाको स्वीकृत डिपिआर अनुसार फास्ट ट्रयाक बनाउन १७५ अर्ब लागत अनुमान गरिएको छ।
७२.५ कि.मी. लामो फास्ट ट्रयाकमा ३ वटा सुरूङ मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलको लम्बाइ १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाइ ५५.५ कि.मी. रहेको छ।
२०८१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि उक्त समयमा निर्माण सकिने सम्भावना छैन।























