काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

नेकपा एकीकृत समाजवादीले संगठन सुदृढीकरण विशेष अभियान दुई महिना थप

2.26K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गरेको छ ।

आलोकनगरस्थित पार्टी कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले संगठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालयको निर्णयअनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने खतिवडाले बताए ।

बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको तयारीका विषयमा पनि छलफल भएको थियो ।

khanepani