काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु, कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७

4.36K
shares
khanepani bord

काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

khanepani