काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

डोटीका स्थानीय तहको बेरुजु ४२ करोड २८ लाख, शिखर नगरपालिकाको सबैभन्दा धेरै

2.77K
shares
khanepani bord

डोटी । डोटी जिल्लाका नौ स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु शिखर नगरपालिकाको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७/७८ को तुलनामा २०७८/७९ मा कूल बेरुजू रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको छ । २०७७÷७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७हजार रहेको थियो ।

प्रतिवेदनअनुसार शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ । यो रकम जिल्लाका स्थानीय तहहरुको कूल बेरुजू रकमको झण्डै २८ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७७/७८ सम्म उक्त नगरपालिकाको कूल बेरुजु रकम १० करोड ७४ लाख ४३ हजार रहेकोमा २०७८/७९ मा ९२ लाख ९० हजार बेरुजु रकम थप भएको छ ।

यस्तै, जोरायल गाउँपालिकाको बेरुजु रकम आठ करोड ७५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । शिखर नगरपालिकापछि सबैभन्दा बढी बेरुजु जोरायल गाउँपालिकाको छ । यस गाउँपालिकाको बेरुजु रकम २०७७/७८ मा सात करोड १० लाख ८९ हजार रहेकोमा गत आवमा एक करोड ६४ लाख ६५ हजार थप बेरुजु देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाको बेरुजु रकम पनि २०७७/७८ को भन्दा ६४ लाख १६ हजार रुपैयाँले बढेको देखिएको छ । २०७७/७८ मा उक्त नगरपालिकाको बेरुजु रकम दुई करोड ६६ लाख७५ हजार रहेकोमा हाल तीन करोड ३० लाख ९१ हजार पुगेको छ ।

यस्तै सायल गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको तुलनामा २१ लाख १६ रुपैयाँ बेरुजु बढेको छ । २०७७/७८ मा यस गाउँपालिकाको कूल बेरुजु चार करोड ६० लाख ६३ हजार रुपैयाँ रहेकोमा गत आवमा चार करोड ८१ लाख ७९ हजार पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा केआई सिंह, बोगटान फुड्सिल, पूर्वीचौकी, बडीकेदार र आदर्श गाउँपालिकाले भने बेरुजु रकम घटाएका छन् । के आई सिंह गाउँपालिकाको बेरुजु रकम जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा कम एक करोड ४० लाख तीन हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा चार करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार बोगटान फुड्सिल गाउँपालिकाको कुल बेरुजु रकम अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ६९ लाख७६ हजार रुपैयाँले घटेको छ । अघिल्लो आवमा ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ रहेकोमा गत आवमा पाँच करोड २६ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

आदर्श गाउँपालिकाले पनि गत आवमा दुई करोड ९८ लाख बेरुजु रकम घटाएको छ । २०७७/७८ मा पाँच करोड ६१ लाख ५० हजार रुपैयाँ बेरुजु रहेकोमा गत आवमा दुई करोड ६३ लाख ५० हजार बेरुजु कायम भएको छ ।

पूर्वीचौकी गाउँपालिकाको बेरुजु रकम तीन करोड २७हजार रुपैयाँ रहेको छ । यस गाउँपालिकाको आव २०७७/७८ मा सात करोड ७५ लाख ३८ हजार रुपैयाँ बेरुजु रहेकोमा चार करोड ७५ लाख ११ हजार रुपैयाँ घटेको देखिएको छ ।

यस्तै, बडीकेदार गाउँपालिकाको पनि आव २०७७/७८ भन्दा आठ करोड ६१ लाख ५५ हजारले बेरुजु रकम घटेको छ । यस गाउँपालिकाको आव २०७७/०७८ मा १० करोड चार लाख ४३ हजार रुपैयाँ बेरुजु कायम भएकोमा गत आवमा घटेर एक करोड ४२ लाख ८८ हजार कायम भएको छ ।

khanepani