चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु
वि.सं.२०८० वैशाख ६ बुधवार ०९:२५
shares

एजेन्सी । चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
चिनियाँ टेलिभिजन सीसीटीभीले बेइजिङस्थित चाङफेङ अस्पतालमा स्थानीय समय अनुसार मंगलबार दिउँसो १ बजे आगलागी भएको र २१ जनाको मृत्यु भएको जानकारी दिएको हो । ७१ जनालाई भने अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ ।
बेइजिङमा सन् २०१७ पछि आगलागीबाट भएको यो नै सबैभन्दा ठूलो क्षति हो । सन् २०१७ मा दाक्सिङ जिल्लामा दुई तले भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको थियो ।






















