काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

त्रिवि शिक्षण अस्पतालमा दसौंपटक कलेजोको सफल प्रत्यारोपण

4.54K
shares
khanepani bord

काठमाडौ । काठमाडौ त्रिवि शिक्षण अस्पतालमा दसौंपटक कलेजोको सफल प्रत्यारोपण भएको छ ।

मंगलबार प्राध्यापक डाक्टर रमेश सिंह भण्डारीको टोलीले बुटवलका ३१ वर्षीय पुरूषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो।

सिरोसिस र कलेजोमा क्यान्सर भएपछि ती पुरूषको कलोजो प्रत्यारोपण गर्नुपरेको डाक्टर भण्डारीले बताए। प्रत्यारोपणका लागि बिरामीका श्रीमतीले कलोजो दिएकी थिइन्।

कलेजोको सफल प्रत्यारोपणका लागि प्राध्यापक डाक्टर भण्डारीको नेतृत्वमा ४० जनाभन्दा बढीको टोलीले काम गरेका थिए।

उनका अनुसार ८ जनाको सर्जिकल टोली, एनेस्थेसियाका चारपाँच जना, क्रिटिकल केयर, हेमाटोलोजी, रेडियोलोजी र नर्सिङ स्टाफ गरी ४० देखि पचास जनासम्म प्रत्यारोपणमा सहभागी भएका थिए।

प्रत्यारोपणमा एकजना विदेशी चिकित्सक पनि सहभागी भएको डाक्टर भण्डारीले बताए।

बिहान ९ बजे सुरू गरिएको प्रत्यारोपण बेलुका ९ बजेमात्रै सकिएको थियो।

अहिले मृगौला दिने र लिने दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर भण्डारीले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा पछिल्लाे पटक दुई महिनाअघि कलेजोको सफल प्रत्यारोपण गरिएको थियो। पहिलो प्रत्यारोपण सन् २०१९ को मे महिनामा भएको डाक्टर भण्डारीले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म भएका प्रत्यारोपणमा बिरामी र कलोजो दिन दुबैको स्वास्थ्य सामान्य छ।

कोरोनाकालमा प्रत्यारोपण गरिएको एक बिरामीको मृत्यु भएको थियो।

‘शल्यक्रियाका कारण होइन, प्रत्यारोपणपछि कोरोना संक्रमणका कारण उहाँको मृत्यु भएको थियो,’ डाक्टर भण्डारीले भने।

कलेजोको शल्यक्रिया सबैभन्दा जटिल शल्यक्रिया हो। ‘चार वर्षमा दसौं प्रत्यारोपण गरियो, यसबाटै थाहा हुन्छ कति जटिल छ भन्नेकुरा,’ भण्डारीले भने।

प्रत्यारोपणपछि पोस्ट केयर चुनौतीपूर्ण हुन्छ। खर्चिलो हुने कारण पनि अत्यन्त कम संख्यामा प्रत्यारोपण हुने उनी बताउँछन्। उनका अनुसार कलेजो प्रत्यारोपणका लागि करिब ३५ लाख खर्च हुन्छ।

‘बिरामी धेरै छन् तर उनहरूको आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपण गर्न सकिरहेका छैनन्,’ डाक्टर भण्डारीले भने।

मृगौला प्रत्यारोपणमा जस्तै कलेजो प्रत्यारोपणका लागि पनि सरकारले सहयोग गरे आर्थिक अवस्था कमजोर भएकाहरूले पनि प्रत्यारोपण गर्न सक्ने अवस्था आउने उनले बताए।

khanepani