काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले चन्द्रनिगाहपुरबाट एक जनालाई गरे पक्राउ

4.86K
shares
khanepani bord

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ गरेको हो ।

व्यक्तिहरुबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन भनेपछि पक्राउ गरेर बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

khanepani