काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

रास्वपाको अन्तिम चुनावी सभा आज, रविले भने, ‘वारपारको राजनितीक भिडन्तबारे केही भन्छौं’

2.87K
shares
khanepani bord

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको अन्तिम चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गर्ने भएको छ । भरतपुर नगरपालिका १० स्थित गेष्ट हाउस चौरमा ३ बजे चुनावी सभा गर्न लागेको हो ।

रास्वपा सभापति तथा चितवन २ का उम्मेवार रवि लामिछानेले आज विशेष सभा गर्न लागेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर । यो वारपारको राजनितीक भिडन्तबारे आज हामी तिनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थिति अर्थ राख्छ ।’

आज लामिछानेसहित तनहुँ १ का उम्मेवार स्वर्णिम वाग्ले र बारा २ का उम्मेदवार रमेश खरेल पनि उपस्थित हुने छन् ।

आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

khanepani