काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

कर्णालीमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर एक मन्त्री थप

5.42K
shares
khanepani bord

सुर्खेत । कर्णालीमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए ।

नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले आज ऊर्जामन्त्रीको रूपमा आज शपथ लिएकी छन् ।

साथै, कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ नै बनाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो ।

यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभिएको थियो ।

khanepani