काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको एक महिनापछि अन्त्येष्टिको तयारी

4.88K
shares
khanepani bord

विराटनगर । प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्त्येष्टि शनिबार गरिने भएको छ ।
प्रदेशसभाले कोशी नाम राखेको विरोधमा विराटनगरमा चैत ५ गते भएको प्रदर्शनका क्रममा घाइते भएका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० गते मृत्यु भएको थियो । उनलाई नेपाल सरकारले सहिद घोषणा गरिसकेको छ ।

लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर वैशाख ९ गते शनिबार बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय गरिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले बताए । उनको शव अहिलेसम्म अस्पतालको शवगृहमै छ । लामो समयसम्म शव राखिँदा सड्न थालेकाले आन्दोलनरत पक्ष र परिवारजनलाई अन्त्येष्टिका लागि दबाब परेको थियो ।

अन्त्येष्टि अघि शवयात्रा पनि गरिने लिङदेनले बताए ।

‘बिहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरिनेछ भने इटहरीमा ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ,’उनले भने,‘दिउँसो साढे १२ बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउँदै दिउँसो साढे २ बजे सहिद लाजेहाङको घर बेलबारीमा शव पुर्‍याइनेछ ।’

दिउँसो ४ बजे शवको अन्तिम संस्कार गरिने पनि संघर्ष समितिको निर्णय भएको पनि उनले जानकारी दिए ।

मोरङको बेलबारी घर भएका लाजेहाङ संघीय लिम्बूवान राष्ट्रिय मञ्चको लिम्बूवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर थिए ।

khanepani