काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

महोत्तरीको जलेश्वर नगरपालिकाका एक पूर्व वडाध्यक्ष लेनदेन मुद्दामा पक्राउ

4.69K
shares
khanepani bord

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाका एक पूर्व वडाध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए । तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए ।

लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

साथै उनले आज पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए ।

IME
khanepani