काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

मेयर बालेन्द्र शाहविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा, आज पनि सुनुवाइ हुने सम्भावना कम

2.42K
shares
khanepani bord

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार पनि पेशी चढेको छ । यसअघि लगातार दुई दिन पेशी चढे पनि हेर्न नभ्याइने भनेर स्थगित भएको थियो ।

बिहीबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी परेको छ । मंगलबार हरिकृष्ण कार्की र बुधबार सुष्मलता माथेमाको इजलासमा पेशी चढेको थियो ।

राउतको इजलासमा बिहीबार सुनुवाइ हुन बाँकी पेशीको १२औं नम्बरमा काठमाडौं महानगरपालिकाविरुद्ध पदमबहादुर श्रेष्ठले दायर गरेको रिट रहेको छ । आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए ।

khanepani