काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार

4.78K
shares
khanepani bord

काठमाडौं । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि विभिन्न कार्य गर्दै आएको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ ।

प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु. ६० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

यसैगरी, महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

यसैगरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिसकेको छ ।

भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान सहितका अन्य सक्रिय साहित्यिक संघ संस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ । सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगर प्रमुख दीपक रिसाल बताउछन् ।

रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तिहरूको जन्म तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुख रिसालको भनाइ छ ।

khanepani