काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीद्धारा उपनिर्वाचनमा राज्यशक्तिको दुरुपयोग, निर्वाचन आचार संहिता उल्लङ्घन

3.39K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजोदेखि सबै काम छोडेर उपचुनावको दौडाहामा केन्द्रित भएका छन् । हिजो उनले तनहुँमा पुगेर कांग्रेस उम्मेवारलार्ई जिताउन अपिल गरे भने आज बारामा जसपा र चितवनमा कांग्रेसकै उम्मेदवारका लागि भोट माग्दैछन् ।

आफ्नो दौडाहामा प्रधानमन्त्री एक्लै छैनन्, उनीसँग तीनजना पूर्वप्रधानमन्त्रीहरुसहितको दलबल छ । प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई छन् । वर्तमान सत्तागठवन्धनका यी चार शीर्ष नेताहरु काठमाडौंबाट सेनाको हेलिकोप्टरमा चढेर हिजो गोर्खा गएका थिए । गोर्खाबाट हिजै तनहुँ पुगेका हुन् ।

तनहुँको क्षेत्र नम्बर १ मा चारैजना नेताहरुले एउटै सभामा भाषण गरेका थिए । उक्त सभामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुख गठवन्धनका सबैको साझा चिन्ह भएको बताए । उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाइदिने आश्वासनसमेत बाँडे ।

‘अहिले म प्रधानमन्त्री छु । गोविन्द्र भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो । मन्त्री बनाउने मैले हो । शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो, म उहाँसगै छु’, प्रचण्डले भने ।

प्रचण्ड र तीन प्रधानमन्त्रीहरुको टोली आज बारा र चितवनमा संयुक्त आमसभालाई सम्बोधन गर्दैछन् । बारामा गठवन्धनको यसपटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार छन् । प्रचण्ड तीन पूर्वप्रधानमन्त्रीहरुलाई लिएर सेनाको हेलिकोप्टरमा तनहुँबाट बारा पुगेका हुन् । बाराबाट पनि हेलिकोप्टर नै चढेर उनीहरु चितवन आएका छन् ।

चुनावी प्रचारप्रसारमा यसरी सेनाको हेलिकोप्टर प्रयोग गर्नु राज्यस्रोतको दुरुपयोग हो । निर्वाचन आचार संहिता अनुसार पनि सरकारी खर्चमा हेलिकोप्टर चढेर चुनाव प्रचारमा हिँड्न मिल्दैन ।

प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : डा. स्वर्णिम वाग्ले

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले देशकै प्रधानमन्त्रीले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै अरु ३ पूर्वप्रधानमन्त्री बोकेर हिँडेको बताएका छन् । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएको उनको गुनासो छ । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

IME
khanepani