काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

ओमानविरूद्ध नेपालको खराब सुरूवात, कप्तान रोहितकुमार पौडेल पनि आउट

5.4K
shares
khanepani bord

काठमाडौ । काठमाडौ एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले कप्तान रोहित कुमार पौडेललाई गुमाएको छ।

खराब सुरूवातलाई सम्हालेका कप्तान पौडेल २३ रन बनाएर आउट भएका हुन्।

उनलाई १७.१ ओभरमा फेयज बटले प्रजापतिको हातबाट क्याच आउट गराएका हुन्।

पौडेल आउट भएसँगै नेपाललाई थप दबाब बढेको छ।

२० औं ओभरको खेल चलिरहँदा नेपाल ३ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।

भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्। प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा मेलेसियाविरूद्ध शानदार जित निकालेको नेपालले दोस्रो खेलमा पनि अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन।

अहिले क्रिजमा भीम सार्की र आरिफ शेख खेलिरहेका छन्। सार्कीले ५४ बलमा ३३ र शेखले १५ बलमा १६ रन बनाएका छन्।

khanepani