काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

रुसी उपप्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबीच रुस- नेपाल सिधा हवाई सेवा बारेमा छलफल

2.39K
shares
khanepani bord

काठमाडौं। रुस -नेपाल सिधा हवाई सेवा र छात्रबृत्ति बारेमा रुसका उपप्रधानमन्त्री डिमित्रि चेर्नसेन्को र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबीचमा मस्कोमा छलफल भएको छ ।

रुसको सरकारी समाचार संस्था तासका अनुसार रुसी उपप्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले रुस- नेपाल सिधा हवाई उडान, नेपाली विद्यार्थीको लागि रुसका छात्रवृत्तिको कोटादेखि रुसी अन्न, मल तथा सवारी साधन नेपालमा निर्यात बारेमा छलफल गरेको छ।

नेपालमा सववे, हाइवेदेखि जलविद्युत निर्माणका बिषयमा समेत छलफल भएको तासले उल्लेख गरेको छ । तासले रुसी उपप्रधानमन्त्रीले नेपाल दक्षिण एसियामा रहेको रुसको दीर्घकालिन मित्र भएको भन्दै भेटमा धेरै महत्वपूर्ण घटना भएको बताएको उल्लेख गरेको छ ।

khanepani