एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा
वि.सं.२०८० वैशाख ८ शुक्रवार १३:१४
shares

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा २७७.७ अर्ब रुपैयाँ, कुल निक्षेप संकलन ३१६.५५ अर्ब रुपैयाँ र खुद मुनाफा ४.०१ अर्ब रुपैयाँ पुर्याएकाे बैंकले बताएको छ । त्यस्तै, वार्षिक विन्दुगत आधारमा बैंकले ११ प्रतिशतको वृद्धि रहेको समेत जनाइएको छ ।
बैंकको स्व–पूँजीमा प्रतिफल (आरआोइ)२०.१७ प्रतिशत, वार्षिक प्रति शेयर आम्दानी ४६.७६ आर्जन र कर्जा अनुपातलाई तेस्रो त्रयमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले बताएको छ ।
त्यसैगरी, बैंकले कुल कर्जा लगानीको अंशमा ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार, साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ ।























