काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न लगाए रोक

2.48K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।

‘हामीले भेटेजतिको ठाउँमा सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न बन्द गर्न भनेका छौं,’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘पुतलीसडक र सिनामंगलमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेटिएको छ, अन्य स्थानमा पनि भेटिए बन्द गर्न भन्छौं ।’

पाण्डेका अनुसार महानगरपालिकामा सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरुमा पनि गुनासो समेत आउन थालेको छ ।

‘महानगरपालिकाले यही सातादेखि सेकुवा पसलहरुलाई सूचीत गराउन थालेको हो, अब महानगरका सबै स्थान र सधैं यो नियम लागु हुन्छ’ उनले भने ।

महानगरपालिकाका अनुसार सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही नै गर्ने तयारी गरेको पाण्डेले बताए ।

khanepani