काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

दोल्ती पावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

3.25K
shares
khanepani bord

काठमाडौ । काठमाडौ दोल्ती पावर कम्पनीको आइपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

त्यसमध्ये पनि भाग्यमानी एक जनाले थप एक कित्ता अर्थात् ११ सेयर पाएका हुन्।

यसमा कुल १३ लाख ८३ हजार ७२४ जनाले आवेदन दिएकाेमा १ लाख १४ हजार ७७८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएकाे छ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि खुला गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्ने छन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

khanepani