काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

मधेश प्रदेश सरकारको बजेटबाट नेपाली कांग्रेसको कार्यालय भवन बन्दै, नीधिले गरे शिलान्यास

4.85K
shares
khanepani bord

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेटबाट नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुने भएको छ ।

जनकपुरधामस्थित कांग्रेसको पार्टी कार्यालय परिसरमै भवन निर्माणको आज एक समारोहबीच शिलान्यास गरिएको छ । काँग्रेस नेता विमलेन्द्र निधीले भवनको शिलान्यास गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालयका लागि आर्थिक वर्ष २०७९/०८० मा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । यादव नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका थिए ।

उक्त मन्त्रालय मातहत रहेको शहरी विकास तथा भवन मिर्माण विभागले काँग्रेस पार्टी कार्यालयको भवन निर्माण गर्न उपभोक्ता समिति बनाएको छ । स्रोतका अनुसार काँग्रेसले आफ्ना पक्कडका व्यक्तिलाई उपभोक्ता समिति बनाएको हो ।

प्रदेश सरकारको बजेटबाट पार्टी कार्यालयको भवन निर्माण र उपभोक्ता समितिबारे बुझ्न शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख समेत रहेका इन्जिनीयर विनोद यादवसँग सम्पर्क गर्दा हुन सकेन ।

स्रोतका अनुसार प्रदेश सरकारको बजेटबाट एउटा ब्लकमा साढे दुई तल्ले भवन र अर्को ब्लकमा सभा हल निर्माण गरिनेछ ।

khanepani