काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब

5.94K
shares
khanepani bord

एजेन्सी । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम समुदायको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाब दिइरहेका छन् ।

आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानले अस्थायी युद्धविरामको आशा गरिएको छ । बेलायत, युरोपेली सङ्घ, रुस र चीनले पनि तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् ।

आज बिहानैदेखि युद्धविराम लागू गर्ने आरएसएफले बताएको छ तर राजधानी खार्तुममा गोली र विष्फोटका आवाज बन्द भएका छैन । यसअघि दुई पटक गरिएको युद्धविरामको प्रयास सफल हुन सकेन ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बललाई सरकारी सेनामा समाहित गर्ने गत वर्ष बुहारन र डगालोबीचको सहमति कार्यान्वयन नहुँदा युद्ध चर्केको हो । सेनाप्रमुख बुहारनले आरएसएफसँगको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

राष्ट्रसङ्का अनुसार युद्धको विभिषिकाबाट बच्न करिब २० हजार सुडानी छिमेकी चाडतर्फ पलायन भएका छन् । यसरी आफ्नो थातथलो छाडेर भाग्नेमा महिला र बालबालिका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षलाई कम्तीमा आगामी आइतबारसम्म युद्धविराम गर्न आह्वान गर्नुभएको छ । साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

यसैबीच, करिब एक साताअघि देशमा द्वन्द्व शुरु भएपछिको पहिलो भाषण्मा सेनाप्रमुख बुरहानले नागरिक नेतृत्वको सरकारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो सेना विजयी हुने र त्यसले सुरक्षित रुपमा नागरिक शासन बहाली गराउने उनले वाचा पनि गरेका छन् ।

सुडानी सेनाले आजै एक विज्ञप्ति निकालेर सेनाप्रमुख वुरहानलाई टर्कीए, दक्षिण सुडान तथा इथियोपियाली नेताका साथै अमेरिकी र कतारी विदेशमन्त्रीले फोन गर्नुभएको जनाएको छ ।

khanepani