काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

केयूकेएल भक्तपुर शाखा ३ भाईको अर्थभूमी, नक्कली वील भरपाईमा लाखौ झ्याप्प

5.25K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) भक्तपुर शाखामा तीन भाईले व्यापक अनियमिता गरेको समाचार प्राप्त भएको छ ।

केयूकेएल भक्तपुर शाखामा कार्यालय प्रमुख चेतबहादुर ऐर, प्रशासन, स्टोर तथा खरिद प्रमुख प्रमोद रिमाल र लेखा प्रमुख राजु खड्कको मिलेमतोमा उपभोक्तासँग पैसा उठाउने र उक्त काम सिआईपिको बजेटबाट गराएर लाखौ रुपयाँ अनियमितता गरेको समाचार प्रमाणसहित प्राप्त भएको छ ।
मिटर मिलाउने, गाडि मर्मत, फिटिङका सामान खरिद, लिक मर्मत, नयाँ पाइप लाइनमा व्यापक अनियमिता गरेर कम्पनीलाई ठुलो नोक्सानी पु¥याउने काम भएको समाचार स्रोतले बताएको छ ।

बानेश्वर शाखामा व्यापक अनियमितता गरेपछि कारवाहि स्वरुप भक्तपुर शाखामा सरुवा भएका रिमालले प्रशासन, स्टोर र खरिदको काम आफै गर्दै आएका छन । आर्थिक चलखेलमा जागिरको अबधि ५ महिना भएका भवानी सुवेदीलाई अपमानित ढंगले सरुवा गरेर रिमालले एक क्षत्र अनियमितता गर्दै लाखौ अनियमितता गरेर कम्पनीलाई नोक्सान गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख दर्शक भएको प्रति कर्मचारीहरु नै आक्रोशित भएका छन ।
केयूकेएलका व्यवस्थापनका मठाधिशहरुलाई समय समयमा खामबन्दी भेटी चढाएपछि उनीहरुको अनियमितताले बैधता पाएको समाचार स्रोतको दावी छ ।
आठ तहको दरबन्दी भएको यो शाखामा आर्थिक चलखेलको आधारमा सहायक प्राविधिक चेतबहादुर ऐर कार्यालय प्रमुख भएका छन ।

उनी पहिले प्रमुख भएपनि सहायक र प्रमुखले गर्नु पर्ने दुबै काम गदै आएका छन । उनी ठेकेदारहरुका वील आफै बनाउने र आफै सदर समेत गर्दै आएका छन ।

लेखा प्रमुख राजु खड्का पनि धेरै विवादमा परिरहने लेखा प्रमुख हुन । उनी ठिमि शाखामा पनि विवादमै परेपछि महाकालचौर ट्याङकर शाखामा सरुवा भएका थिए । त्यहाँ पनि विवाद भएपछि भक्तपुर शाखामा सरुवा भएका विवास्पद कर्मचारी हुन । उनीहरुको भ्रष्टाचारको कामलाई ठेकेदार हरिहर गिरीले साथ दिर्दै आएको समाचार स्रोतले दावी गरेको छ ।

गाडिको सर्भिस गर्दा समेत लाखौको विल बनाएर मिलिभगतमा खाने यो समुहलाई अख्तियारमा समेत उजुरी परेको समाचार स्रोतले दावी गरेको छ ।
केयूकेएलकै कर्मचारी ठेकेदारहरुले पनि भक्तपुरको भष्टाचारलाई मलजल गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
भक्तपुर शाखाका एैरको कारण सिइओ शाक्यको पद धरापमा, भष्टाचार र अनियमितातामा एैर र महर्जनको गठजोर

khanepani