काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

पदम लिम्बुको शवयात्राको क्रममा झडप हुदाँ ८१ सेल अश्रुग्यास प्रहार, दर्जनौ जना घाइते

5.2K
shares
khanepani bord

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको छ ।

आन्दोलनरत पक्षले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार आन्दोलरत पक्षका ४ जना सामान्य घाइते भएका छन् । आन्दोलरत पक्षले भने ६ जना सामान्य घाइते भएको बताएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि ८१ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक पोखरेलेले बताए । निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार गरेको उनले बताए ।

मुख्यमन्त्री कार्यालय जान खोजेपछि झडप

गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

पहिचान पक्षधरले शहीद घोषणाको माग गर्दै शव बुझ्न मानेनन् । सरकारले २४ चैतमा शहीद घोषणा गरेपछि आन्दोलनरत पक्ष उनको शव बुझ्न तयार भयो । पूर्व निर्धारित कार्यक्रम अनुसार मृत्युको २९ दिनपछि आज अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।

आन्दोलनरत पक्षले प्रहरीलाई रोडशेष चोकमा शान्तिपूर्ण रुपमा श्रद्धाञ्जली सभा गर्ने जानकारी गराएको थियो । तर इटहरीबाट शव राखिएको एम्बुलेन्स भन्दा अगाडिको गाडीका आएका लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले प्रहरीको ब्यारिगेट हटाएर मुख्यमन्त्री कार्यालय अगाडि जान खोजे । आक्रोशित भिडले ब्यारिगेट हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गरे ।

ब्यारिगेट हटाएपछि झडप भयो । आक्रोशित भिडले ढुंगामुढा गरेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्यो । आन्दोलनरत पक्षले पेट्रोल बम पनि प्रहार गरेको प्रहरीको दाबी छ ।

आधा घण्टा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको थियो ।

श्रद्धाञ्जलीसभा गर्ने भनिएको स्थान रोडषेश चोक तनाबग्रत भएपछि आन्दोनरत पक्षले महेन्द्र चोकमा श्रद्धाञ्जलीसभा गरेको थियो । श्रद्धाञ्जली सभापछि लिम्बुको शवलाई अन्येष्टिका लागि मोरङको बेलबारीस्थित उनको घरमा लगिएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पून नामाङ्कन संघर्षसमिति गठन गरेर आन्दोलनमा छन् ।

पहिचानको पक्षमा पून प्रदेशको नामाङ्कनको माग गर्दै आएको पहिचान पक्षधरले आइतबार सुनसरीको इटहरी र सोमबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

IME
khanepani