काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

उद्योग वाणिज्य संघका पदाधिकारीसँग ओलीले भने, ‘अख्तियार निजी क्षेत्रमा जाँदा लगानी निरुत्साहित हुन्छ’

5.42K
shares
khanepani bord

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरी कानून बनाइए निजी क्षेत्रको थप एक नियामक थपिने बताएका छन् ।

यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबारको भेटका क्रममा पूर्वप्रधानमन्त्री ओलीले उक्त विधेयक राष्ट्रियसभाबाट पारित हुने बेलासम्म पनि आफूलाई जानकारी नभएको बताए ।

प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्फ संघले ध्यानाकर्षण गराएको छ ।

भेटमा पूर्वप्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या सम्बोधन गरि निर्वाध काम गर्ने वातावरण बनाउन आफू र आफ्नो पार्टी सधैँ तत्पर रहेको आश्वासन दिए । वित्तीय क्षेत्रका समस्या समाधान गरी कर्जा प्रवाह बढाउनुपर्ने पक्षमा आफू रहेको उनको प्रष्टोक्ति थियो ।

संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न नमिल्ने भन्दै महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान, रक्षा एवं कानूनमन्त्री पूर्णबहादुर खड्काको पनि ध्यानाकर्षण गराइसकेको छ ।

khanepani