काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

भक्तपुरको सूर्यवविनायक नगरपालिकामा खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट

2.85K
shares
khanepani bord

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ ।

नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापक छनोट गरेको हो ।
नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठन गर्नको लागि पनि आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन गरेको जनाएको छ ।

नगरपालिकाभित्र रहेका ३२ मध्ये ३० विद्यालयका प्रधानाध्यापकका लागि २०७९ फागुन २६ गते आवेदन माग गरेको थियो ।

आवेदक शिक्षकहरुको गत बिहीबार प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिइएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले नतिजा सार्वजनिक गरेको छ ।

उक्त नतिजा अनुसार १६ प्रावि (१-५) तहको प्रधानाध्यापकको लागि १९ जनाको आवेदन परेको थियो । निमावि तह (१-८) का लागि आवश्यक ४ प्रधानाध्यापकको लागि ४ जना र १० मावि तहको लागि १४ जनाले आवेदन दिएका थिए ।

नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरुले प्राप्त गरेको अंकको आधारमा-योग्यताक्रम) सार्वजनिक गरेको छ । सोही अंकको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।

उनले भने, ‘प्रधानाध्यापकको नियुक्ति यहि नतिजाको योग्यता क्रमको आधारमा हुन्छ।’ उनका अनुसार प्रधानाध्यापकको सिफारिसमा परेका ३० जना मध्ये १८ जना यसपटक स्थाइ नियुक्ति पाएका शिक्षकहरु रहेका छन् । बाँकी दुई वटा विद्यालयमा शिशु कक्षा मात्रै सञ्चालन भइरहेकोले त्यहाँ प्रधानाध्यापक छनोट नगरिएको उनको भनाइ छ ।

khanepani