काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

चिकित्सा शिक्षा आयोगले मनोमानी ढंगबाट भर्ना गरेको भन्दै अनेरास्ववियुको विरोध

4.46K
shares
khanepani bord

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ ।
अनेरास्ववियुले भर्ना प्रक्रिया सच्याउनु पर्ने माग गर्दै आयोगको कार्यालयअघि प्रदर्शन पनि गरेको छ ।

पीजी तहको भर्ना मेरिटोक्रेसीमा गर्नु पर्ने भन्दै अनेरास्ववियुका केन्द्रिय महासचिव नारायण घर्तीले मेरिटोक्रेसीमा भर्ना गर्ने निर्णय नभएसम्म आफूहरुको विरोध कायम रहने बताए ।

आयोगले चैत २६ गते पहिलो चरणको भर्ना पश्चात रिक्त हुन आएका सिटहरुमा दोस्रो चरणको पुनःम्याचिङको भर्नासूची प्रकाशन गरेको थियो । आयोगको उक्त भर्नासूची प्रकाशित लगत्तै विद्यार्थीहरुले मेरिटोक्रेसी मिचेर आयोगले भर्ना लिएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले आयोगले निकालेको म्याचिङको भर्नासूची अनुसार मेरिटोक्रेसी अनुसार एक नम्बरमा नाम निकालेको विद्यार्थी उक्त सिटमा भर्ना नभए स्वत दुई नम्बरमा नाम निकालेका विद्यार्थीले खाली भएको सिटमा भर्ना हुन पाउनुपर्ने माग राखिरहेका छन् ।

मेरिटोक्रेसी प्रणाली मिचेर भर्ना लिएको भन्दै परेको रिटमा सर्वोच्चको अन्तरिम आदेश अनुसार चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको दोस्रो पुनः याचिङको भर्ना सम्बन्धी कार्यक्रम भने स्थगन गरेको छ ।

khanepani