भक्तपुरका थ्रिब्रदरहरुका ३ मिटर खन्दा ६ मिलटरमा आँखा, कामै नगरि फर्जी वीलको तमासा
वि.सं.२०८० वैशाख १० आइतवार २१:४४
shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) भक्तपुर शाखामा तीन भाईले व्यापक अनियमिता गरेर कम्पनीलाई करोडौंको नोक्सान पुर्याएको समाचार छ ।
केयूकेएल भक्तपुर शाखामा कार्यालय प्रमुख चेतबहादुर ऐर, प्रशासन, स्टोर तथा खरिद प्रमुख प्रमोद रिमाल र लेखा प्रमुख राजु खड्कको मिलेमतोमा उपभोक्तासँग पैसा उठाउने र उक्त काम सिआईपिको बजेटबाट गराएर लाखौ रुपयाँ अनियमितता गरेको समाचार प्रमाणसहित नेपाली जनतालाई प्राप्त भएको छ ।
मिटर मिलाउने, गाडि मर्मत, फिटिङका सामान खरिद, लिक मर्मत, नयाँ पाइप लाइनमा व्यापक अनियमिता गरेर कम्पनीलाई ठुलो नोक्सानी पु¥याउने काम भएको समाचार स्रोतले दावी गरेको छ ।
बानेश्वर शाखामा व्यापक अनियमितता गरेपछि कारवाहि स्वरुप भक्तपुर शाखामा सरुवा भएका रिमालले प्रशासन, स्टोर र खरिदको काम आफै गर्दै आएका छन । आर्थिक चलखेलमा जागिरको अबधि ५ महिना भएका भवानी सुवेदीलाई अपमानित ढंगले सरुवा गरेर रिमालले एकक्षत्र अनियमितता गर्दै लाखौ भ्रष्टाचार गरेर कम्पनीलाई नोक्सान गर्दा समेत केयूकेएल व्यवस्थापन, केयूकेएल संचालन सञ्चालन समिति र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड मुर्खदर्शक भएको छ ।
केयूकेएलका व्यवस्थापनका मठाधिशहरुलाई समय समयमा खामबन्दी भेटी चढाएपछि उनीहरुको अनियमितताले सधै बैधता पाउदै आएको समाचार स्रोतको दावी छ ।
आठ तहको दरबन्दी भएको यो शाखामा आर्थिक चलखेलको आधारमा सहायक प्राविधिक चेतबहादुर ऐर कार्यालय प्रमुख भएका छन । उनले कार्यालय प्रमुख हुनका लागि केयूकेएल व्यवस्थापनदेखि देउवा निवाससम्मका मानिसहरुलाई रिझाएको बुझिएको छ ।
उनी अहिले प्रमुख भएपनि सहायक र प्रमुखले गर्नु पर्ने दुबै काम गदै आएका छन । उनी ठेकेदारहरुका वील आफै बनाउने र आफै सदर गरेर अबैध भुक्तानी समेत गर्दै आएका छन । उनको यो अबैध कार्यलाई केयूकेएलका अधिकारीहरुले संरक्षण गर्दै आएको समाचार स्रोतले दावी गरेको छ ।
लेखा प्रमुख राजु खड्का पनि धेरै विवादमा परिरहने लेखा प्रमुख हुन । उनी ठिमि शाखामा पनि विवादमै परेपछि महाकालचौर ट्याङकर शाखामा सरुवा भएका थिए । त्यहाँ पनि विवाद भएपछि भक्तपुर शाखामा सरुवा भएका विवास्पद कर्मचारी हुन । उनीहरुको भ्रष्टाचारको कामलाई ठेकेदार हरिहर गिरीले साथ दिर्दै आएको समाचार स्रोतले दावी गरेको छ । गिरी केयूकेएलकै पूर्व कर्मचारी हुन ।
गाडिको सामान्य सर्भिस गर्दा समेत लाखौको विल बनाएर मिलिभगतमा खाने यो समुहलाई अख्तियारमा समेत उजुरी परेको समाचार स्रोतले दावी गरेको छ । यो समुह अनियमितता गरेर खाने समयम एक हुने र अरुलाई देखाउने बेला एकले अर्कोलाई दोष लगाउदै आफु पानी माथिको ओभाने हुने गर्दछन ।
केयूकेएलकै कर्मचारी ठेकेदारहरुले पनि भक्तपुरको भष्टाचारलाई मलजल गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
























