काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

कोशी प्रदेश नामकरणको विरोधमा आजबाट विराटनगर केन्द्रित आन्दोलनको कार्यक्रम स्थगित

5.92K
shares
khanepani bord

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आजबाट विराटनगर केन्द्रित गर्ने भनिएको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।

रणनीति नपुगेको भन्दै आन्दोलको कार्यक्रम केही दिनलाई स्थगित गरेको किरात राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।

आजबाट मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ गर्ने आन्दोलनका कार्यक्रम तय भएको थियो ।

पहिचानको आधारमा प्रदेशको पुन: नामकरण हुनुपर्ने माग राख्दै यसअघि भएका प्रदर्शन उत्तेजक र हिंसात्मक बनेको भन्दै विरोध हुन थालेको थियो । नेतृत्वले आन्दोलन शान्तिपूर्ण भनेपनि केही प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्ने गरेका थिए ।

आन्दोलन शान्तिपूर्ण बनाउने र सबैको साथ खोज्ने नेताहरूले चाहे पनि आन्दोलनमा सहभागी केही संगठनले भड्काउन खोजेकाले आन्दोलनको रणनीति नपुगेको आन्दोलनरत एक नेताले बताए ।

रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको बताए ।

वैशाख ११ देखि २१ गतेसम्म संयुक्त संघर्ष समिति गठन हुन बाँकी वडा समिति गठन गरिसक्ने, पूर्वघोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख ८२ जना प्रदेशसभा सदस्यहरूलाई कालो झण्डा देखाउने कार्यक्रम भने यथावत रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सरकारी कार्यालयहरूमा कोशी लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम बिरुद्धको कार्यक्रमहरू निरन्तर गर्ने, ‘कोशी’ प्रदेश नाममा मत दिएका प्रदेश सांसदहरूलाई भेटेर हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने, ८२ सांसदहरूको विरुद्धमा विरोध सभा गर्नेलगायतका विरोधका कार्यक्रम भने जारी राखिने आयोजकले बताएका छन् ।

IME
khanepani