काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा

3.08K
shares
khanepani bord

तनहुँ । तनहुँ १ मा जारी मतगणनाको अपडेट प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् । बिहान ७ बजेसम्म १०६३८ मत गनिसक्दा वाग्लेले ५९०० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको २६८७ मत छ । वाग्ले र भट्टराईबीच ३२१३ मतको फरक छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले १६५७ मत प्राप्त गरेका छन् । गोविन्द र सर्वेन्दबीच १०३० भोटको फरक छ ।

हालसम्म भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी ७ वटा वडाको गणना सकिएको छ ।

khanepani