काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

मुलपानी मैदानमा सिमसिम पानी पर्दा नेपाल र साउदीबीचको खेलको टस गर्न ढिलाइ

4.72K
shares
khanepani bord

काठमाडौ । काठमाडौ एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेलमा टस गर्न ढिलाइ भएको छ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेलअघि गरिने टस वर्षाका कारण ढिलाइ भएको हो। हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ।

अहिले पिचमा कभर लगाइएको छ। सो कभर हटाइएपछि मात्र टस बारे निर्णय हुनेछ।

नेपालले मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो।

समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ।

नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो। २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।

सो खेलमा ज्ञानेन्द्र मल्लले २३ बलमा नटआउट ६१ रन जोडेका थिए। पहिले ब्याटिङ गरेको साउदी १३१ रनमै अलआउट भएको थियो। जुन लक्ष्य नेपालले १३.१ ओभरमै पार गरेको थियो।

एक दशकपछिको साउदी टिममा निकै सुधार आइसकेको छ। साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारमाथि ७ विकेटको जित हात पारेको थियो।

IME
khanepani