काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

गोविन्दराज जोशीको वडामा स्वर्णिमलाई ६० प्रतिशत मत, अरुलाई कति ?

4.91K
shares
khanepani bord

पोखरा । आइतबार भएको उपनिर्वाचनअन्तर्गत तनहुँमा मतगणना जारि छ ।

गएराति पौने १२ बाट सुरू भएको गणनामा तनहुँ नगरपालिका र आँबुखैरेनी नगरपालिका गरी अहिलेसम्म १७०७७ भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेको ९४८३, कांग्रेसका गोविन्द भट्टराईको ४४७२ र एमालेका सर्वेन्द्र खनालको २५६० मत छ ।

यसैबीच कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वार्ड भानु-११ मा रोचक नतिजा देखिएको छ ।

उक्त वडामा २०१४ मतमध्ये रास्वपाका वाग्लेले झण्डै ६० प्रतिशत मत पाएका छन् । यहाँ स्वर्णिमले १२०२ मत ल्याउँदा गोविन्दले ५९३ र सर्वेन्द्रले १८३ मत पाए ।

IME
khanepani