काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताको बैठक शुरु,संसदीय समितिमा सहमतिको प्रयास

2.39K
shares
khanepani bord

काठमाडौं । संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छ्न् ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् ।

एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गरिनुपर्ने भनेको छ । त्यस्तै विषयगत समितिको सभापतिमा समेत सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।

khanepani