बारामा जसपाका यादव र जनमतका कुशवाहाबीच कडा टक्कर
वि.सं.२०८० वैशाख ११ सोमवार १८:५६
shares

बारा । बारा क्षेत्र नं २ को मतगणनाको प्रारम्भिक परिणाम अनुसार जनता समाजवादी पार्टीका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाको कडा टक्कर भइरहेको छ।
अहिलेसम्म करैयामाई गाउँपालिकाका वडा नं १,२ र ३ अनि सुवर्ण गाउँपालिकाको ७ र ८ नं वडाको मतगणना भइसकेको छ।
मत परिणाम अनुसार यादवले २ हजार ८६ मत ल्याएका छन्। दोस्रोमा रहेका कुरशवाहाले १ हजार ८ सय ५१ मत पाएका छन्।तेस्रोमा रहेका एमालेका पुरूषोत्तम पौडेल भने धेरै पछाडि छन्।
उनले ७ सय ३३ मत ल्याएका छन्। सुवर्ण गाउँपालिकामा जसपाको पकड देखिन्छ। मतगणना हुन बाँकी रहेको देवताल गाउँपालिकामा जसपा र जनमतको कडा टक्कर हुने देखिन्छ। पचरौता नगरपालिकामा जसपा, एमाले र जनमत पार्टीको प्रतिस्पर्धा हुने देखिएको छ। यो पालिकामा जनमत पार्टी केही कमजोर छ।
महागढीमाईमा पनि जसपा र जनमत पार्टी नै मुख्य प्रतिस्पर्धी हुन्। यद्यपि यो पालिकाका केही वडामा अन्य पार्टीको समेत उपस्थिति छ। करैयामाईको अब मतगणना हुन बाँकी ४,५,६,७ र ८ नं वडामा सबै पार्टीको उपस्थिति छ। तर जनमत पार्टी अरूभन्दा केही बलियो छ। त्यस्तै कोल्हवी नगरपालिका वडा नं ८ मा एमाले र रास्वपाको प्रतिस्पर्धा हुने देखिन्छ।

























