काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

नेपाल वायुसेवा निगमको लापरबाहीका कारण मलेसियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरुको ब्यागेज काठमाडौंमा

4.71K
shares
khanepani bord

काठमाडौं । नेपाल वायुसेवा निगमको लापरबाहीका कारण मलेसियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरुको ब्यागेज काठमाडौंमा छुटेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सले नै ब्यागेजहरुको ढुवानी र व्यवस्थापन गर्दै आइरहेको छ ।

आइतबार राति राति २३:३० बजेको समयमा मलेसिया उडेको मलेसियन एयरलाइन्सको उडान नम्बर एमएच११५ (केटीएम-केयूएल) मा लोड हुनुपर्ने यात्रुहरुको ब्यागेज छुटेको पाइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ८ सय केजीको ब्यागेजहरु छुटेको जानकारी प्राप्त भएको र यससम्बन्धमा अनुसन्धान गरेर प्रतिवेदन पेश गर्न निगमलाई निर्देशन दिइएको बताए । सिटौलाका अनुसार कति यात्रुको कति ब्यागेज छुटेको भन्ने बारे यकिन जानकारी भइसकेको छैन ।

यात्रुहरुको ब्यागेज भुलबस छुट्न पुगेको भन्दै निगमले सार्वजनिक रुपमा माफी समेत मागेको छ । निगमले यात्रुको ब्यागेज छुटेको प्रति माफी माग्दै सोमबार १:०५ बजेको उडानमार्फत मलेसिया पठाइसकिकएको जनाएको छ ।

‘यस सम्बन्धी आवश्यक छानबिन भइरहेको छ । भविष्यमा यस्ता त्रुटि नदोहोरिन थप सजगता अपनाउने प्रतिबद्धता रहने छ’ निगमले भनेको छ ।

khanepani