काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा रवि लामिछानेले कटाए ५० हजार मत, मंसिरको भन्दा ठूलो जित निश्चित

3.76K
shares
khanepani bord

काठमाडौं । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन् ।

उनले मंसिर ४ को भन्दा बढी मत पाएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् । उनीहरुबीच ४० हजार ८६३ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत प्राप्त गरेका छन् । गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

IME
khanepani