काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति कोष’ स्थापना

4.21K
shares
khanepani bord

काठमाडौं । लक्ष्मी बैंकले ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना गर्ने भएको छ ।

बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँको ’नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको जनाइएको छ । साथै, बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको बैंकले बतााएको छ ।

सम्झौतामा बैंकको तर्फ बाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फ बाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन् ।

छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयमा अध्ययनरत अमर÷सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ ।

khanepani