काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौं : सभापति रवि लामिछाने

4.56K
shares
khanepani bord

चितवन । चितवन-२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।

भारी मतान्तरसहित दोस्रोपटक चितवन-२ बाट विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।

उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताए । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनको दाबी छ ।

सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने बताए ।

khanepani