काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लिए निर्वाचिन भएको प्रमाणपत्र

3.8K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् ।

चितवन २ मा भारी मतान्तरले विजयी भएपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो । अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए ।

उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३०० मत प्राप्त गरेका थिए ।

khanepani