काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

कुवेतले सिंगापुरलाई ४ विकेटले हरायो, मोहमद अस्लामको पाँच विकेट

5.21K
shares
khanepani bord

एजेन्सी । एसिसी प्रिमियर कपअन्तर्तग समूह ‘बी’ को खेलमा कुवेतले सिंगापुरलाई ५ विकेटले पराजित गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको सिंगापुर ३१.४ ओभरमा ११३ रनमै अलआउट भयो।

सिंगापुरका लागि अमार्त्य कउलले ४५ रन, मनप्रित सिंहले २८ रन र थिलिपन ओमाइडुराइले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा कुवेतका मोहमद अस्लामले पाँच विकेट लिए। उनले ८.४ ओभरमा २ मेडन राख्दा २० रन खर्चिए। शिराज खानले ३ विकेट लिए।

११४ रनको लक्ष्य कुवेतले २६.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि अडनान आइद्रेसले ३८ रन जोडे भने मित भव्सरले नटआउट २७ रन बटुले।

बलिङमा सिंगापुरका भाषकर र अक्षय पूरीले २-२ विकेट लिए।

यससँगै सिंगापुर चारै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरियो भने कुवेतको सेमिफाइनल आसा जीवित रह्यो।

समूहमा अन्तिम खेलअघि हङकङ ५ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थनको युएई र तेस्रो स्थानको कुवेतको चार चार अंक भएको छ। चौथो स्थानको बहराइनको ३ अंक छ। अब हङकङ र कुवेत तथा बहराइन र युएईबीचको खेलपछि सेमिफाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ।

khanepani