काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

नेपाल-इन्डो नेत्रहीन महिला क्रिकेट सिरिजमा भारतमाथि नेपालको जित

6.2K
shares
khanepani bord

काठमाडौं । विनिता पुनको शतकमा दोस्रो नेपाल-इन्डो टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपालले भारतलाई पराजित गरेको छ।

पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले भारतलाई ८ विकेटले हरायो।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन जोड्यो।

भारतका लागि उपकप्तान गंगावा निलप्पाले सर्वाधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टिसीले १६ रन, वर्ष यूले १० रन र सुष्मा पटेलले ९ रन बनाए।

भारतका ५ खेलाडी रन आउट भए। नेपालका विनिता पुन र निशा चौधरीले एक एक विकेट लिएका थिए।

जवाफि व्यटिङमा नेपालले २ विकेटको क्षतिमा लक्ष्य पार गर्‍यो।

नेपालको लागि प्लेयर अफ द म्याच विनिता पुनले ५७ बलमा नटआउट १११ रन प्रहार गरेकी थिइन्। उनले १७ चौका प्रहार गरिन्। साथै उनी नेपाली नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन्।

त्यसैगरी मनकेशरी चौधरीले ३२ रन र सरिता घिमिरोले नटआउट हुँदै २१ रन प्रहार गरे।

IME
khanepani