काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

धनगढी विमानस्थलमा घाँस काट्न गएका १७ महिला पक्राउ

2.61K
shares
khanepani bord

धनगढी । धनगढी विमानस्थलमा तारजाली तोडेर घाँस काट्न गएका १७ जना महिलालाई प्रहरीले पक्रेको छ ।

मंगलबार दिउँसो विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काट्न अनाधिकृत रुपमा प्रवेश गरेका उनीहरुलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

‘घाँस काट्न भनेर उहाँहरु विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गर्नुभएको रहेछ,’ भट्टले भने, ‘हामीले १७ जना महिलालाई नियन्त्रणमा लिएका छौं । उडान सुरक्षाका दृष्टिकोणले यो गम्भीर कुरा हो ।’

भट्टले पहिलो पटक भएकाले उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रहोबरमा सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मा लगाइने बताए ।

khanepani