काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिएः रवि लामिछाने

2.47K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि भएको चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत चितवन–२ का जनतालाई धन्यवाद दिँदै उनले विजेत भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि हुने मान्यतामा सँधै प्रतिबद्ध रहने बताएका छन्।

लामिछानेले चितवन–२ सहित देशैभरी गर्नुपर्ने काम धेरै रहेकाले सम्पूर्ण जनताको समर्थनमा मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने बताएका छन्।

उनले तनहुँ–१ बाट निर्वाचित पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा तनहुँमा उभार सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन्।

लामिछानेले बारा–२ मा यसपटक व्यक्त भएको स्नेहले अर्को अभ्यासमा परिणाम दिनेमा विश्वस्त रहेको बताएका छन्।

उनले समग्रमा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले आफूहरूलाई थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्ररित गरेको बताएका छन्।

khanepani