काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

मनमोहन अधिकारीका विचार र कामलाई अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : ईश्वर पोखरेल

2.52K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए ।

वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको उनको जिकिर छ ।

पोखरेलले भने, ‘मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको टिप्पणी गरे ।

khanepani