काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ

2.55K
shares
khanepani bord

विराटनगर । साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

मिक्लाजुङ गाउँपालिका- ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले सोही विद्यालयमा पढ्ने वर्ष १४ की बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएकाले उनीहरू पक्राउ परेका हुन् ।

सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको दाहालले जानकारी दिए ।

घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो ।

सामूहिक घटना भएकोले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्कुले बालिकाहरू जोडिएको घटना भएकोले यो घटनालाई बाल संवेदनशीलताको आधारमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

सामूहिक घटना भएकोले यस बारेमा गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

khanepani