काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

मधेस प्रदेशका भौतिक पूर्वाधार सचिवलाई निर्माण व्यवसायीले कार्यकक्षमै थुने

2.55K
shares
khanepani bord

जनकपुरधाम। निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् ।

भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यकक्षामै थुनेका हुन् । उनीहरुले मन्त्रालयको परिसरमा फोहोर थुपारेर प्रदर्शनसमेत गरेका हुन् ।

विभिन्न योजनाहरुको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसाहरुको गुनासो छ ।

पटक पटक भुक्तानीको लागि हारगुहार गर्दा समेत कुनै वास्ता नगरेपछि बाध्य भएर यस्तो कदम उठाउनु परेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए ।
भुक्तानी नदिदा बैंकको ब्याज तिर्नसमेत समस्या समस्या भइरहेको उनको गुनासो छ ।

विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी उनीहरुले बताएका छन् ।गत आर्थिक वर्षमा विभिन्न मन्त्रादयको योजनाको झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ ।

फागुन ४ गते ती योजनाहरुको भुक्तानी झमेला समाधान गर्न प्रदेश सभाले उपसभामुख बबिताकुमारी ईशरको नेतृत्वमा १८ सदस्य उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरेको थियो। तर, केही दिन पश्चात् उपसभामुख ईशरले समितिको पदबाट राजीनामा दिएकी थिइन् ।

khanepani